शेयर बजारमा नोक्सानीको डर छ ? अप्नाउनुस यी तरिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा नोक्सानीको डर छ ? अप्नाउनुस यी तरिका



कम्पनीको प्रोडक्टको फयूचर हेरेर लगानी गर्नुस्

हामी कुनै ठूलो कम्पनीको नयाँ प्रोडक्ट अाउने वितिकै बिना सोच र सोधी खोजी बिना नै त्यसमा लगानी गर्द छाै । तर यो ख्याल गर्दैनाै कि अाउदा दिनमा उसको त्यो प्रोडक्टको भ्यालु उति नै हुन्छ जुन उसका अन्य प्रोडक्टको भै रहेको छ । यस कारण बिना जानकारी र अध्ययन बिना नै लगानी गर्दा नोक्सान झेल्नु पर्ने हुन्छ ।

योजना बनाउनुस

सेयर बजारमा हचुवाको भरमा पैसा नलगाउनुस । यसका लागि योजना बनाउनुस् । कुन शेयरमा पैसा लगाएर त्यो शेयर किन्ने हो ? र कुन समय तपाईले उपयुक्त मुल्यमा बेच्ने हो । किन्ने र बेच्नेको तालमेल तपाईले अाफै मिलाउन सक्नु भएमा नोक्सानको जोखिम कम हुन्छ ।

बजार बुझ्नुस

शेयर बजारमा पैसा लगाउन चाहानु हुन्छ भने पैसा लगाउनु भन्दा पहिला शेयर मार्केटलाई बुझ्नुस । शेयर मार्केटको कार्यप्रणालीलाई बुझ्नुस कस्तो जोखिम छ । नोक्सान कति र फाइदा कति छ ? अनि मात्रै तपाई पुरै शेयर मार्केटमा खरो उत्रन सक्नु हुन्छ ।

नोक्सानबाट सिक्नुस्

पुरानो भनाई छ शेयर बजारको पहिलो नोक्सान सबै भन्दा सानो नोक्सान हुन्छ । किन भने नोक्सान भै हाले निराश नहुनुस् । त्यसबाट सिक्नुस र अगाडी बढ्नुस् । त्यस्तै नाफा हुँदा पनि ज्यादा उत्साहित नहुनुस् ।

प्रकाशित : २० श्रावण २०७५, आईतवार १६:५६