उक्लियो विश्व शेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उक्लियो विश्व शेयर बजार



काठमाडौं। विश्व शेयर बजार तेस्रो दिन बुधबार पनि उकालो लागेको छ । डलरको भाउमा भएको झिनो वृद्धि गुम्दा पनि बजारले टेवा पाएको हो । क्रिसमसको बिदापूर्व यूरोपेलि शेयर बजारले पनि तेस्रो दैनिक वृद्धिको सामना गरेका छन् ।

बुधबार पान यूरोपियन फुट्स यूरोफस्र्ट ३०० सूचक साढे १ प्रतिशत बढेको छ । तामाको मूल्यमा भएको वृद्धिले खानी कम्पनिहरुको भाउ बढ्दा समग्र बजार बढेको हो ।

त्यस्तै एशिया प्रशान्त क्षेत्रमा जापान बाहिरको एमएससीआई सूचक पनि शून्य दशमलव ६ प्रतिशत बढी दुई सातायताकै उच्च बिन्दुमा पुगेको छ ।

त्यस्तै चीनमा पनि सीएसआई ३०० सूचक चारदिने वृद्धिको लहरा तोड्दै तल आएको छ । बजार बन्द हुँदा सीएसआई ३०० सूचकमा शून्य दशमलव ३ प्रतिशत कमी आएको थियो ।

प्रकाशित : ९ पुष २०७२, बिहीबार ११:२०