बुद्ध नेपालमा जन्मिएको प्रमाण जुटाउन पर्यटनमन्त्रीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

बुद्ध नेपालमा जन्मिएको प्रमाण जुटाउन पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भगवान् बुद्धको जन्म लुम्बिनीमा भएको यथेस्ट प्रमाण जुटाउन र तीन महिनाभित्र तीन तथ्य सार्वजनिक गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् ।

मन्त्री पोखरेलले भारतको त्रिपुरामा केही दिनअघि आयोजित कार्यक्रममा सहभागी हुने क्रममा बुद्ध भारतमा जन्मिएको भनेर प्रचार गरेको देख्दा आफूलाई लज्जाबोध भएको बताए ।

काठमाडौंमा आज नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी अधिकृत दिपकराज जोशीको स्वागतमा राष्ट्रिय पर्यटन व्यवसायी संगठनले गरेको कार्यक्रममा मन्त्री पोखेरलले भारतले बुद्धका बारेमा गरेको गलत प्रचारप्रसारको खुलेर विरोध गरे ।

बुद्धको जन्मस्थल र बुद्धका विषयमा विद्यमान भ्रमलाई चिर्न सरकारले केही महिनाभित्रै लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन गर्ने तयारी गरेको जानकारी पनि उनले दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी अधिकृत जोशीले आफ्नो काँधमा आएको जिम्मेवारी आफूले बोलेरभन्दा पनि कामबाट पुरा गरेर देखाउने प्रतिबद्धता जनाए ।

प्रकाशित : ९ पुष २०७२, बिहीबार १३:३९