यस्तो छ सोबार नेपाली बजारमा सुनकाे मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यस्तो छ सोबार नेपाली बजारमा सुनकाे मूल्य



काठमाडाै । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आइतबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यसैगरी आइतबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार बढेर सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि ७३५ रुपैयाँमै कायम रहेको छ ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १२:०२