“मुक्तिनाथ विकास बैंक सिन्धुलीको कमलामाईमा” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

“मुक्तिनाथ विकास बैंक सिन्धुलीको कमलामाईमा”



काठमाडौ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जाल आज मिति २०७५÷०४÷२१ गते बाट औपचारीक रुपमा शुभारम्भ गरेको छ ।

उक्त शाखाको समुद्घाटन कमलामाई नगरपालिकाका मेयर श्री खड्ग वहादुर खत्रीले गरे । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि मेयर खड्ग बहादुर खत्रीले नेपाल जस्तो विकासोन्मुख देशमा रहेर पनि मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताउनु भयो । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी, उक्त कार्यक्रमका विशिष्ट अतिथि उद्योग वाणिज्य संघ, सिन्धुलीका अध्यक्ष अमरेश चन्द्र वैदार, उद्योग वाणिज्य संघ, सिन्धुलीका पुर्व अध्यक्ष श्री विनेश कुमार तथा रेडक्रस सोसाईटीका अध्यक्ष अशोक श्रेष्ठले पनि बैंकको प्रगतिको कामना गर्र्र्दै शुभकामना व्यक्त गरे । सो समारोहमा स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १५ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ए.टि.एम.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : २१ श्रावण २०७५, सोमबार १८:२२