१ दशमलव ४६ अंकले ओरालो लागेर बन्द भयो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१ दशमलव ४६ अंकले ओरालो लागेर बन्द भयो नेप्से



काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव ४६ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५७ कम्पनीको ९ लाख ९ हजार ३ सय ४१ कित्त सेयर बाट २१ करोड ३७ लाख ९१ हजार ३ सय १५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह ३९ दशमलव ८३ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह २५ दशमलव ४२ अंकले, लघुवित्त समुह १० दशमलव ८१ अंकले ,जलविधुत समुह ४ दशमलव ९६ अंकले,फाइनान्स समुह ४ दशमलव ०३ अंकले,विकास बैँक समुह १ दशमलव ३१ अंकले र बैँक समुह ० दशमलव ७७ अंकले ओरालो लागेको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ३२ दशमलव ३४ अंकले उकालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह ११ दशमलव ०५ अंकले र अन्य समुह २ दशमलव ४१ अंकले उकालो लागेको छ ।

प्रकाशित : २२ श्रावण २०७५, मंगलवार १५:१९