तस्करलाई ‘मालामाल’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तस्करलाई ‘मालामाल’



moneyमहोत्तरी । तराई मधेसमा एक सय ३२ दिनदेखि जारी आन्दोलनका कारण पेट्रोलियमको चरम अभाव छ । सदरमुकाम जलेश्वरसँग जोडिएका प्रमुख सडकदेखि गोरेटोसम्म अहिले गुडिरहेका दर्जनौ मोटरसाइकललाई भने त्यसले कुनै प्रभाव पारेको छैन ।

ती ‘अनटेस्ट’ मोटरसाइकलमध्ये कतिपयले भारतीय नाबाट तस्करीका सामग्री ओसारपसार गरिरहेका छन् । कतिले चर्को भाडा असुलेर यात्रु नै बोकिरहेका छन् । पुराना मोटरसाइकलसमेत चढ्ने आर्थिक हैसियत नभएका र आन्दोलनको अघिल्लो ,दिनसम्म मोटरसाइकल किन्ने आँट नगर्नेहरुसमेत अहलिे नयाँ मोटरसाइकल हुइँक्याइरहेका देखिन्छन ।

बन्दका क्रममा सबैको आर्थिक अवस्था दयनीय भइरहेका बेला तस्करी गर्नेहरुको भने मालामाल भइरहेको नागरिक दैनिकमा खबर छ । पहिले लुकीछिपी तस्करी गर्नेहरु बन्दका बेला भने खुलेआम रुपमा तस्करीमा उत्रिएका छन् । आन्दोलनले सर्बसाधारण आजित भइरहँदा कालोबजारी गर्नेहरु भने यही अवस्था लम्ब्याएर फाइदा लुट्ने दाउमा छन् ।

प्रकाशित : १० पुष २०७२, शुक्रबार ०३:२१