एनएमबी बैंकले यस कारण बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबी बैंकले यस कारण बोलायो साधारणसभा



काठमाडाै । एनएमबी बैंकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गराउन साधारणसभा बोलाएको छ । बैंकले १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५ सय ९५ रुपैयाँ बराबरको बोनस शेयर वित्तरण गर्ने जनाएको छ ।

एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको भोलिपल्ट थप निष्कासन (एफपीओ) पुरै बिक्री भएको थियो । एफपीओ बन्द हुने अन्तिम दिन मात्रै ७० हजार ७०० आवेदकबाट ३ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।

बैंकले चुत्तापुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो ।

सो वित्तरणका लागि साधारणसभाबाट पारित गराउनुपर्ने भएकाले बैंकले साउन ३१ गते साधारणसभा बोलाएको हो । बैंकले चुक्ता पुँजीको ०।७८९५ का दरले हुन आउने ६ करोड २५ हजार ९ सय ७९ रुपैयाँ नगद लाशांश प्रस्ताव पनि स्वीकृत गराउनेछ । साधारणसभा स्टाफ कलेज जावलाखेलमा हुनेछ ।

यस्तै बैंकले जारी पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६ सय ३४ रुपैयाँबाट बृद्धि गरेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुर्याउँन पनि साधारणसधाले स्वीकृति प्रदान गर्नेछ ।

प्रकाशित : २३ श्रावण २०७५, बुधबार १६:११