भिवोर र सोसाइटी डेभलपमेन्ट बैंक मर्ज हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिवोर र सोसाइटी डेभलपमेन्ट बैंक मर्ज हुने



काठमाडौं । भिवोर विकास बैङ्क लिमिटेड र सोसाइटी डेभलपमेन्ट बैङ्क लिमिटेड आपसमा गाभिने भएका छन् । दुवै बैङ्कबीच बिहीवार समझदारीपत्रमा हस्ताक्षर भएको छ । भिवोर विकास बैङ्कका सञ्चालक समितिका अध्यक्ष मोहनदास मान्नधर र सोसाइटी बैङ्क लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार गाभिने प्रक्रिया २०७३ साल असार महीनाभित्र पूरा गरी बैङ्कको नाम भिवोर सोसाइटी डेभलपमेन्ट बैङ्क राख्ने प्रस्ताव गरिएको छ । गाभिए पश्चात बन्ने संस्थाको कूल चुक्ता पुँजी रू. एक अर्ब ८१ करोड ५० लाख पुग्ने र गत असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल निक्षेप करिब रू. ११ अर्ब र कुल कर्जा करीब रू. नौ अर्ब हुने बताइएको छ ।

बैङ्क गाभिएपछि कुल ४३ शाखामार्फत यस संस्थाको बैंकिङ सेवाको पहुँच आठ अञ्चलका २० जिल्लामा हुनेछ ।

प्रकाशित : ९ पुष २०७२, बिहीबार ०३:३१