बंगलादेशका उर्जा राज्य मन्त्रीद्वारा चन्द्रागिरि केबलकारको भ्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

बंगलादेशका उर्जा राज्य मन्त्रीद्वारा चन्द्रागिरि केबलकारको भ्रमण



चन्द्रागिरि । बंगलादेशका बिजुली को लागि राज्य, ऊर्जा र खनिज संसाधन मन्त्री नर्सुल हमिद सहितको टोलिले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराए ।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै राम्रो परियोजना निर्माण भएको कुरा व्यक्त गरे । भ्रमणका क्रममा श्री हमिदले कम्पनीका अध्यक्ष  चन्द्र प्रसाद ढकाललाई परियोजनाको सफलताको शुभकामना ब्यक्त गरे ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार १८:१६