सिटिजन्स बैंकको एफपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकको एफपीओ बाँडफाँट



काठमाडौं । सिटिजन्स बैंकको एफपीओ शुक्रबार बाँडफाँट भएको छ ।  गोलाप्रथाबाट ४६ हजार ३८२ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यस्तै, बाँकी रहेको ६ कित्ता सेयर पुनः ६ जनालाई बाँडफाँट गरिएको छ । ६ जना आवेदकले ११ कित्ता सेयर हात पार्न सफल भएका छन् ।

बैँकले साउन १५ गतेदेखि १८ गतेसम्म ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गरेको थियाे  । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले एफपीओ बिक्री खुला गरेको थियाे ।
एफपीओमा कूल ६२ हजार ७०९ जना आवेदकले ६१ लाख ५ हजार ६सय ३० कित्ताका लागि आवेदन दिएका थिए । जसमा ७३ जना आवेदकको रद्ध भएको छ । सिटिजन्सको एफपीओ बिक्रीपछि चुक्ता पुँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित : २५ श्रावण २०७५, शुक्रबार ११:२७