टेलिकमले फेरि दियो ब्यालेन्स ट्रान्सफर सुविधा (तरिका सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

टेलिकमले फेरि दियो ब्यालेन्स ट्रान्सफर सुविधा (तरिका सहित)



काठमाडौं। नेपाल टेलिकमले केही समयदेखि बन्द रहेको ब्यालेन्स टान्सफर सेवा फेरि सुरु गरेको छ । टेलिकमले केही समयदेखि बन्द रहेको ब्यालेन्स टान्सफरको सुविधा गएरातिदेखि पुन सञ्चालनमा ल्याएको हो । अहिले नेपाल टेलिकमले ब्यालेन्स ट्रान्सफर गर्ने तरिकामा केही हेरफेर गरेको टेलिकमले बताएको छ ।

ब्यालेन्स ट्रान्सफरको नयाँ पद्धति अनुसार अब जति रुपैयाँ टान्सफर गर्ने हो त्यति नै टाइप गर्दा हुन्छ । यसअघि रुपैयाँलाई पैसामा कन्र्भट गरेर टान्सफर गर्ने प्रणाली थियो ।

उदाहरणका लागि यसअघि २० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्न २००० पैसा टाइप गर्नु पर्ने थियो भने । अब २ भने ० रुपैयाँका लागि २० नै लेख्नुपर्नेछ ।

नयाँ प्रणाली अनुसार एक उपभोक्ताले अर्को उपभोक्तालाई १० रुपैयाँदेखि १०० रुपैयाँसम्म मात्र ब्यालेन्स पठाउन सक्छ । २४ घण्टामा एउटा नम्बरबाट दिनको पाँच पटक मात्र व्यालेन्स टान्सफर गर्न सकिनेछ ।

ब्यालेन्स ट्रान्सफर गर्न सुरुमा स्टार अनी ४२२ फेरि स्टार, मोबाइलको पिन नम्बर, स्टार, ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर पुन स्टार, ट्रान्सफर गर्न चाहेको रकम (रुपैयाँमा) र ह्यास्ट्रिक टाइप गरेर रिक्वेस्ट गर्न सकिने टेलिकमले बताएको छ ।

प्रकाशित : १० पुष २०७२, शुक्रबार १३:५४