पुनःनिर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा सुशील ज्ञवाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुनःनिर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा सुशील ज्ञवाली नियुक्त



Pmo-Officeकाठमाडौं । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुनःनिर्माण प्राधिकरणको कार्यकारी नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले सुशील ज्ञवालीलाई पुनःनिर्माण प्राधिकरणको कार्यकारी प्रमुख सीइओ नियुक्त गरेको हो । पाल्पा खस्यौलीका ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक हुन् । सिभिल इन्जिनियर समेत रहेका ज्ञवाली खुला प्रतिस्पर्धाबाट निर्देशक बनेका हुन् । नगर विकास कोषमा उनको कार्य अवधि डेढ वर्ष बाँकी नै छ ।

बहुप्रतिक्षित पुनःनिर्माण प्राधिकरणको सीइओ भएपछी ज्ञवालीले पीडितलाई संगै राखेर काम गर्ने बताएका छन् । ज्ञवालीले स्थानीय निकायमा २० वर्ष काम गरेको अनुभवले आयोगमा काम गर्न सहज हुने सुनाए ।

यसअघि, निकै समय संसदको कार्यसुचीमा पुग्न नसकेको पुनःनिर्माण विधेयक संसदबाट पारित भएपछि राष्ट्रपति विद्या भण्डारीले केही दिन अघि मात्रै प्रमाणीकरण गरेकी थिइन् । निकै समय अड्किएको विधेयक मधेसी मोर्चाले संसदमा पेश गर्न दिने सहमति जनाएपछि प्रमाणीकरणको बाटो खुलेको थियो । यसअघि, सरकारले तत्कालका लागि भन्दै पुनःनिर्माण प्राधिकरणको कामको जिम्मा राष्ट्रिय योजना आयोगलाई दिने निर्णय गरेको थियो ।

प्रकाशित : १० पुष २०७२, शुक्रबार १४:३९