माछापुच्छ्रे बैंकको सुपर एजेन्टमा जि.एम.इ रेमिट नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको सुपर एजेन्टमा जि.एम.इ रेमिट नियुक्त



काठमाडाै । माछापुच्छ्रे बैंक लिमिटेडको सुपर एजेन्ट भई कार्य गर्न जि.एम.इ रेमिट प्रा.लि नियुक्त भएको छ । उक्त सुपर एजेन्ट सम्बन्धि सम्झौतामा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र मछापुच्छ«े बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम माछापुच्छ्रे रेमिट मार्फत पठाएको रकम जि.एम.इ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी गर्नेछ भने जि.एम.इ रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम माछापुच्छ्रे बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्दै आइरहेकोछ ।

हाल जि.एम.इ रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।

प्रकाशित : २८ श्रावण २०७५, सोमबार १५:५९