माछापूच्छ्रे बैंककाे मुस्ताङ्गमा ४ शाखारहित बैंकिङ्ग सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापूच्छ्रे बैंककाे मुस्ताङ्गमा ४ शाखारहित बैंकिङ्ग सेवा



माछापूच्छ्रे बैंक लिमिटेडले मुस्ताङ्गमा ४ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङ्गको मार्फा, कागबेनी, लेते र लोमन्थाङ्ग गरी ४ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो सहित माछापूच्छ्रे बैंक लिमिटेडको हालसम्म २५शाखारहित बैंकिङ्ग सेवा सुचारु भईसकेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार १५:३३