सुशील ज्ञवाली पुनःपुनर्निर्माण प्राधिकारणको सीइअो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुशील ज्ञवाली पुनःपुनर्निर्माण प्राधिकारणको सीइअो



राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ज्ञवाली यसअघि पनि प्राधिकरणको सीईओ भइसकेका व्यक्ति हुन् । उनलाई अघिल्लो पटक ओली सरकारले नै प्राधिकरणको सीआईओ बनाएको थियो ।

तत्कालीन एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई सीईओबाट हटाएको थियो ।

आफूलाई हटाउने प्रचण्ड सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै उनी अदालत गएका थिए । तर, उनको मुद्दामा अन्तरिम आदेश भएन । त्यसयता दुई वटा सीआईओ बदलिए पनि ज्ञवालीको मुद्धाको सुनुवाई भएको छैन ।

मुद्दा अझै सर्वोच्चमा विचाराधीन रहेको छ । अब सरकारले नियुक्ति दिएपछि उनी मुद्धा फिर्ता लिने तयारीमा रहेको बताइन्छ ।

२०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुनस्र्थापनाका लागि गठन भएको प्राधिकरणमा सुरुमा गोविन्दराज पोखरेल सीईओ थिए ।

र, केपी ओली सरकारले उनलाई हटाएर ज्ञवालीलाई ल्याएको थियो । ओली सरकार ढालेर कांग्रेस र तत्कालीन माओवादी केन्द्रको सरकार बनेपछि पोखरेल नै पुनः प्राधिकरणको सीइओ भएका थिए ।

संघीय संसदको चुनावका बेला कांग्रेसबाट उम्मेदवार बन्ने भएपछि पोखरेलले राजीनामा दिएका थिए । पोखरेलले राजीनामा दिएपछि पूर्वप्रशासक युवराज भुसाल प्राधिकरणको सीईओ भएका थिए । तर, वर्तमान सरकारले केही दिन अघि उनलाई प्राधिकरण प्रमुखबाट हटाएको थियो ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार १५:५६