सभापति पंगेनीको निधनप्रति नेबिसंघ स्याङ्जा–काठमाडौंको श्रद्धाञ्जली सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सभापति पंगेनीको निधनप्रति नेबिसंघ स्याङ्जा–काठमाडौंको श्रद्धाञ्जली सभा



काठमाडौं । नेपाल विद्यार्थी संघ (नेबिसंघ) स्याङ्जा–काठमाडौं सम्पर्क समितिले काँग्रेस स्याङ्जा जिल्ला सभापति कमल प्रसाद पंगेनीको निधनप्रति श्रद्धाञ्जली सभा गरेको छ । नेबिसंघ स्याङ्जा–काठमाडौं सम्पर्क समितिले स्वर्गीय पंगेनीको ११ औं दिनको पुण्य तिथीमा आज राजधानीमा श्रद्धाञ्जली सभाको आयोजना गर्दै निधनप्रति गहिरो दुख व्यक्त गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले सभापति पंगेनीको निधनप्रति दुख व्यक्त गर्दै निधनले आम काँग्रेसजनलाई ठुलो क्षति पुगेको बताए । पूर्वउपप्रधानमन्त्री समेत रहेको श्रेष्ठले भने,‘कमल जी निकै मिलनसार र सहयोगी हुनुहुन्थ्यो उहाँको अकस्मात निधनले म स्तब्ध छु, आम काँग्रेस पार्टीलाई उहाँको सदैव अभाव खड्कनेछ ।’

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य धनराज गुरुङले स्व। पंगेनीले पछिल्लो समय गुटबन्दीको राजनीतिलाई अन्त्य गर्नुपर्छ, पार्टीमा एकता ल्याउनुपर्छ भन्नुहुन्थ्यो भन्ने स्मरण गर्दै उहाँको त्यो अधुरो कार्यलाई पुरा गर्न सबैजना एक जुट हुनुपर्नेमा जोड दिए ।

यस्तै, संविधान सभा सदस्य तथा काँग्रेस नेता मोहन पाण्डेले राजनीतिका सहयात्री तथा असल मित्र गुमाएकोमा आफू भावविहोल भएको भन्दैं उहाँका अधुरा सपनाहरु पुरा गर्नुपर्ने बताए । कार्यक्रममा सिन्धुपाल्चोक पार्टी सभापति बिकास लामा, महिला संघ कार्यवहाक अध्यक्ष सस्वती अर्याल, नेविसंघ अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्ले, नेबिसंघ स्याङ्जा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा कार्यक्रममा सभापति दिपेन्द्र क्षेत्री लगायतका नेताहरुले पंगेनीको निधनले आफूहरु स्तब्ध रहेको र पार्टीलाई अपुरणीय क्षति पुगेको बताएका थिए । संविधान सभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति समेत रहेका पंगेनीको साउन २० गते अकस्मात हृदयघातबाट निधन भएको थियो ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार १६:०६