नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ४७ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ४७ करोड



काठमाडाै । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ मा खुद मुनाफा रु ४७ करोड ९२ लाख गरेको छ । जुन गत वर्षको तुलनामा ५२ दशमलव २९ प्रतिशतले घटेको हो । गत वर्ष कम्पनीले रु एक अर्ब ४६ लाख मुनाफा गरेको थियो ।

रु ४ अर्ब ३९ करोड ६९ लाख चुक्ता पुँजी भएको कम्पनीले जगेडा तथा कोषमा रु ३ अर्ब ४७ करोेड ५७ लाख र जीवन विमा कोषमा रु ५० अर्ब ४९ करोड २२ लाख रकम राखेको छ ।

कम्पनीको आम्दानीमा २४ दशमलव १० प्रतिशतले घटेर रु २६ करोड १७ लाख पुगेको छ । यस्तै खर्च ६८ दशमलव ९७ प्रतिशत बढेको छ । त्यस्तो खर्च रु ५१ करोड २९ लाख पुगेको छ ।

कम्पनीले यस अबधिमा बीमा शुल्क रु १६ अर्ब १ करोड ७३ लाख कमाएको छ । कम्पनीको कुल बीमा शुल्क रु ६८ अर्ब ५५ लाख पुगेको छ ।
त्यस्तै रु ५ अर्ब ४३ करोड ५९ लाख भुक्तानी दाबी गरेको छ । कम्पनीले यस अबधिमा ११ लाख ५२ हजार ८ सय ६० वटा बीमा लेख जारी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १० दशमलब ९० रुपैयाँ, प्रति शेयर नेटवर्थ १८७ दशमलब ५४ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य रु एक हजार ३ सय ३६ रहेको छ ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार १७:०३