नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नाफा कति ?



काठमाडाै । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो त्रैमासमा खुद मुनाफा २९ दशमलव ६७ प्रतिशतले वृद्धि गरी २९ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २३ करोड ५५ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजीको कम्पनीले जगेडा कोषमा ५० करोड ६८ लाख रुपैयाँ र बीमा कोष २१ अर्ब ८२ करोड ५९ करोड राखेको छ । कम्पनीको आम्दानी ३४ दशमलव ७० प्रतिशतले बढेर ४२ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने खर्च ५७ दशमलव ३१ प्रतिशतले बढेर १२ करोड ९५ लाख रुपैयाँ पुगेको । आम्दानी भन्दा खर्च बढी बढेको हुँदा पनि नाफा धेरै वृद्धि नदेखिएको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी १८ दशमलव ०२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४४ दशमलव ३५ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३० दशमलव ५५ रुपैयाँ रहेको छ ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १२:०८