मलेसियाका नेपाली कामदार मारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मलेसियाका नेपाली कामदार मारमा



काठमाडौं । रोजगारीका लागि मलेसिया आएकी चितवनकी कमला बराल सोचेअनुसारको कमाइ नहुँदा निराश बनेकी छन् । मलेसिया छिर्दासम्म उनलाई राम्रै कमाइ गरेर नेपाल फर्किन्छु भन्नेमा पूर्ण विश्वस थियो ।
नेपालबाट पठाउने म्यानपावर कम्पनीले निकै राम्रो कमाइ हुन्छ भन्ने आश्वासन पनि दिएको थियो । तर यहाँ आएर काम गर्न थालेपछि थाहा भयो– मलेसियामा कमाएको पैसाले त ऋण तिर्नमात्रै पुग्ने रहेछ ।

कमला रोजगारीको खोजीमा मलेसिया आएको एक वर्ष भइसकेको छ । मासिक ९ सय रिंगेट कमाउन पनि मुस्किल परेको उनले बताइन् ।‘ओभरटाइम पाएका बेलामा भने १२ सय रिंगेटसम्म हुन्छ, उनले भनिन् । नेपालमा म्यानपावर कम्पनी र एजेन्टलाई उनले एक लाख रुपैयाँ बढी पैसा तिरेकी थिइन् ।

नेपालमा गरिएको सम्झौता अनुसार कम्पनीले तलब, सुविधा र विदा केही पनि नदिएको उनले बताइन् । ‘बिरामी भएर एक दिनमात्र बिदामा बस्दासमेत कम्पनीले तलब रोकिदिन्छ, उनले भनिन् । ’ सीसीटी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्ने उनलाई एक दिन बिदामा बस्दा कम्पनीले एक महिनाकै तलब रोकिने अन्नपूर्ण पोष्टले लेखेको छ ।

प्रकाशित : १२ पुष २०७२, आईतवार ०३:०६