नेपाललाई विश्रामस्थल बनाउन २१ देशका लागुऔषध कारोबारी सक्रिय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाललाई विश्रामस्थल बनाउन २१ देशका लागुऔषध कारोबारी सक्रिय



काठमाडौं । नेपालमा बन्ने चरेस लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन र अन्य देशमा उत्पादित हेरोइन, कोकिन तेस्रो देश भित्र्याउन नेपाललाई विश्रामस्थल बनाउन २१ देशका लागुऔषध कारोबारी सक्रिय छन् ।

लागुऔषध नियन्त्रण व्युरोको सूचीमा नेपालमा प्रत्यक्ष लागुऔषध कारोबारमा २१ देशका नागरिक सक्रिय देखिएको नागरिकमा खबर छ ।

सन २०११ देखि पाँच वर्षको कारोबारको तथ्यांकअनुसार नेपालमा भारत, पाकिस्तान, अमेरिका, सियरालियोन, इजरायल, नेदरल्यान्ड, जर्मन, नाइजेरिया, इरान, स्विट्जरल्यान्ड, पोल्यान्ड, अस्ट्रिया, चीन, थाइल्यान्ड, रसिया, चेक रिपब्लिक, इटाली, युक्रेन, टर्की, मलेसिया, नामिबियाका नागरिक सक्रिय देखिएका छन् ।

जापानको कुख्यात आपराधिक समूह याकुजाका सदस्यसमेत नेपालमा लागुऔषध तस्करीमा क्रियाशील भए पनि पाँच वर्षबीच यो समूहका कुनै सदस्य पनि पक्राउ परेका छैनन् । नेपालमा सक्रिय तस्करमध्ये भारत र पाकिस्तानका धेरै रहेका छन् ।

प्रकाशित : १२ पुष २०७२, आईतवार ०२:३९