एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने



काठमाडाै । एनएमबी बैंकले सेयरधनीलाई चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई पारित गरेको छ ।
। बैंकको बिहीबार नेपाल प्रशासनिक प्रतिष्ठान(स्टाफ कलेज)मा सम्पन्न २२ औं वार्षिक साधारणसभाले संचालक समितिले गरेको आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य मुनाफाबाट निर्णय गरेको हो ।

यो प्रस्ताव पारित भएसँगै बैंकको चुक्तापूँजी ८ अर्ब ७४ करोडको उचाईमा पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साधारणसभाले बोनस सेयरको कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको थियो । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार २०:०९