नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न दिने छैनः डा.शशांक कोइराला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न दिने छैनः डा.शशांक कोइराला



विराटनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संघीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै कम्युनिस्ट सत्ताले संविधान विपरितका क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

विराटनगरमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले संघीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे ।

जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने उनले बताए । ‘नेपाली कांग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न दिने छैन’, डा.कोइरालाले भने ।

महामन्त्री डा.कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए । उनले जनमत संग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने बताए ।

प्रकाशित : ३ भाद्र २०७५, आईतवार ०८:४६