ग्रामीण विकास लघुवित्तकाे  विशेष साधारणसभा असोज ५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्रामीण विकास लघुवित्तकाे  विशेष साधारणसभा असोज ५ गते



काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडकाे दर्ता किताब बन्द हुने भएकाे छ । लघुवित्तले असोज ५ गते विशेष साधारणसभा आह्वान गरेकोले भदाै १८  गतेदेखि दर्ता किताब बन्द हुने भएकाे  । कम्पनीले रुपन्देहीको कालिकानगरस्थित एशियन होटलमा विशेष साधारणसभा आह्वान गरेको छ ।

साधारणसभामा हाल कायम चुक्तापूँजीको ५० प्रतिशतले हुन आउन ३२ करोड ७५ लाख बराबरको हकप्रद सेयर निश्कासनको प्रस्ताव लगिने कम्पनीले जनाएको छ । साधारणसभाले ६५ करोड ५० लाखमा सीमित जारी पूँजीलाई बढाएर ९८ करोड २५ लाख पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ ।

 

प्रकाशित : ३ भाद्र २०७५, आईतवार ११:३१