सचिवका छोरालाई एक लाखको जागिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सचिवका छोरालाई एक लाखको जागिर



काठमाडौं । ‘घुष लिन्या र दिन्या दुवै राष्ट्रकम शत्रु हुन्’, भन्ने ऊ बेलाको उखान यतिबेला ठ्याक्कै उल्टो भएको छ । घुस लिन्या झन् राष्ट्रको मित्र बन्न थालेका छन्, भ्रष्टचारमा सधैं रमाउनेहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाउँदा पनि कुनै छेकबार गर्दैन भन्ने कुराको उदाहरण कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई बनेका छन् ।
सहसचिवमा छड्के प्रवेश गरेका उनको जागिरे जीवनको उत्तरार्धमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले बयानका लागि बोलाएपछि इन्तु न चिन्तुको अवस्थामा रहेको बताइन्छ ।

आगामी वर्ष ५८ वर्ष पुरा भएर जागिरबाट बिदा लिने बेला भएका भट्टराईले पेन्सन सुविधा नपाउने भएपछि उनी शुरुवाती देखिनै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकने उपमहानिर्देशक हुँदै महानिर्दैशक हुँदा सम्म खाद्य उत्पादन गर्ने व्यापारीहरुसँग मिलेर व्यक्तिगत स्वार्थ पूर्ति गरेको लाग्ने गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट सरुवा भएर कृषि विकास मन्त्रालय आएपछि त उनलाई त झन् दुवै हातमा लड्डु जस्तै भएको थियो । कृषि विकास मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत रहँदा कृषि सामग्री कम्पनिको रासायानिक मल काण्डमा पनि चर्को विवादम परेका थिए । त्यस्तै अनुगमन महाशाखामा रहेका हुनाले यिनले मल बीउ व्यापारीहरुसँग साँठगाँठ गरेर कृषि सामाग्री स्वार्थमा लिप्त हुने गरेको कृषि सामाग्री कम्पनिभित्र चर्चा त्यसबेला नै चलेको थियो।

सचिवमा बढुवा भएपछि भट्टराईलाई उद्योग मन्त्रालयमा राखिएको थियो । त्यसबेला तात्कालिन कृषि मन्त्री हरिप्रसाद पराजुलीले उपप्रधानमन्त्री एंव गृहमन्त्री कमरेड वामदेव गौतमलाई भनेर उनलाई कृषि मन्त्रालयका तानिएको थियो । त्यसबेला तात्कालिन कृषि मन्त्री हरिप्रसाद पराजुलीले उपप्रधानमन्त्री एंव गृहमन्त्री कमरेड वामदेव गौतमलाई भनेर उनलाई कृषि मन्त्रालयमा तानिएको थियो । त्यसबेलान पनि यिनले जिल्ला कृषि कार्यालयहरुबाट दिइने ट्याक्टर तथा मलको अनुदानमा कमाउ धन्दा गर्न भ्याएका साँघु साप्ताहिकले लेखेको छ ।

अख्तियारले अकुत सम्पत्ति कमाएको भन्दै गत हप्तामात्र यिनलाई सम्पत्ति विवरण सहित बयानका लागि बोलाएको छ । अख्तियारले बोलाएपछि यिनको निदहराम त भएको छ नै तैपनी यिनले पदको दुरुपयोग भने गर्दै आएको बताइन्छ । भट्टराईले आफू मातहतमा  रहेको जलवायु समुत्थान निमार्ण आयोजनामा आफ्नै छोरालाई मासिक ८३ हजार रुपैंया पाउनेगरी विगत ६ महिनादेखि जागिर ख्वाएपछि कृषि मन्त्रालयमा पनि व्यापक बहसको विषय बनेको थियो ।  स्मरण रहोस्, नेपालका  प्रधानमन्त्रीको तलब ५६ हजार २ सय रुपैंया रहेको छ भने मुख्यसचिवको ३९ हजार ७ सय रेहेको छ ।

कम्प्युटर विज्ञका रुपमा उनले कृषि विकास मन्त्रालयभित्रै रहेको सो आयोजनामा छोरालाई विञका रुपमा नियुक्ति गराउन लगाई मासिक ८३ हजार ख्वाउने व्यवस्था मिलाएका छन् ।

प्रकाशित : १३ पुष २०७२, सोमबार ०७:४६