एभरेष्ट बैंक र नेपाल क्लियरिङ्ग हाउस बीच अन्तर बैंक भुक्तानी सेवा सम्बन्धी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंक र नेपाल क्लियरिङ्ग हाउस बीच अन्तर बैंक भुक्तानी सेवा सम्बन्धी सम्झौता



काठमाडौं। एभरेष्ट बैंकले नेपाल क्लियरिङ्ग हाउससँग अन्तर बैंक भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालयमा भएको एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ए।के। अहलुवालिया र नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

सझौंता पश्चात्, एभरेष्ट बैंकका ग्राहकहरुले अन्तर बैंक भुक्तानी तथा रकमान्तरको सुविधाहरु प्राप्त गर्न सक्नेछन् । सो कार्यक्रममा आफ्नो भनाइ राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले यस प्रकारको व्यवस्थाले कम समयमै सेवा प्रदान गर्न सक्ने मात्र नभै ग्राहकहरुलाई वैकल्पीक माध्यम प्रयोग गर्न प्रोत्साहन समेत गर्ने बताए ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ।ब। २०६८/०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको थियो ।

प्रकाशित : १५ पुष २०७२, बुधबार ०३:१०