बालापन र जन्‍मभूमिलाई सम्‍झिएर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बालापन र जन्‍मभूमिलाई सम्‍झिएर



काठमाडौं ।  कामको सिलसिलामा परदेशिएका गायक तथा संगीतकार तुला पर्वतले बालापन र जन्‍मभूमिलाई सम्‍झिएर नयाँ गीत सार्वजनिक गरेका छन्। उनले नयाँ वर्षको आगमनसँगै बालपनको याद दिलाउने गीत म्‍युजिक भिडियोमार्फत सार्वजनिक गरेका हुन्।

गीतमा तुलाले आफ्नो जन्मभूमि प्राणभन्दा प्यारो लागेको देखाउने प्रयास गरेका छन्। भिडियोमा चितवनको परिवेशलाई समावेश गरिएको छ। उनको गीतमा आफू बाँचेको हावापानी र माटो र नै सबैभन्‍दा प्‍यारो र पवित्र हुने देखाइएको छ। मुलुकमा देखिएको संकटको परिस्थितिमा उनको गीतमा मातृभूमीको महत्व सधै अतुलनीय रहेको राष्ट्रिय भाव व्‍यक्त भएको छ। उनले गीतको शब्द, संगीत, आवाज आफैले दिएका छन भने अभिनयमा प्रशंसा पौडेलले साथ दिएकी छिन्।

संजय घिमिरेले निर्देशन गरेको भिडियोमा उमंग शाही टूकेले छायांकन गरेका छन्। भिडियोलाई वाइड स्क्रिन मिडिया प्रालीले बजारमा ल्याएको छ।

प्रकाशित : १८ पुष २०७२, शनिबार ०२:४३