बिम्स्टेकमा भाग लिन ६ देशका राष्ट्र प्रमुखहरु काठमाडौं आइपुगे,उद्घाटन साढे ३ बजे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बिम्स्टेकमा भाग लिन ६ देशका राष्ट्र प्रमुखहरु काठमाडौं आइपुगे,उद्घाटन साढे ३ बजे



काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज दिउँसो साढे ३ बजे उद्घाटन हुँदैछ। सम्मेलनमा भाग लिन ६ देशका राष्ट्र प्रमुखहरु काठमाडौं आइपुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् ।

उद्घाटन समारोह सकिएपछि सबै देशका राष्ट्र प्रमुखले सम्बोधन गर्नेछन् ।सम्मेलनको कार्यसूचीअनुसार भोलि (शुक्रबार) पौने २ बजे सम्मेलनको समापन गरिनेछ।

तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन हुनुभन्दा तीन घण्टा अगावै स्वदेश फिर्नेछिन्। उनी शुक्रबार बिहान ११ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयको कार्यसूचीमा उल्लेख छ।

प्रकाशित : १४ भाद्र २०७५, बिहीबार १३:०९