सहकारी ऋण कोष आफ्नै भवनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी ऋण कोष आफ्नै भवनमा



काठमाडौं । ललितपुर जिल्लाको कोपुण्डोलमा निर्मित सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाको भवन उद्घाटन गरिएको छ । संस्थाको २३ औं साधारण सभाको अवसरमा नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय ललितपुरका बरिष्ठ सहकारी अधिकृत रामहरी लामीछाने, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरी बजगाई, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगतलाल महर्जन रहेका थिए ।

संस्थामा एक हजार सात सय ५१ जना सदस्य रहेका छन् । संस्थाको शेयर पूँजी २ करोड ५ लाख, निक्षेप १६ करोड ५८ लाख ४७ हजार र कूल लगानी १७ करोड ४६ लाख ६४ हजार ९ सय ४० रुपैंया रहेको छ ।

प्रकाशित : २० पुष २०७२, सोमबार १२:५०