ब्रोकरहरुलाई के को आपत्ति : डा. कार्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ब्रोकरहरुलाई के को आपत्ति : डा. कार्की



नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बैंकहरुलाई ब्रोकर लाईसेन्स दिँदा हालका धितोपत्र दलालहरु अतालिनु पर्ने कुनै कारण नभएको बताएका छन ।

राजधानीमा स्टक ब्रोकर्स एसोसिएसनको २१ औं बार्षिक साधारण सभामा बोल्दै डा. कार्कीले केही दिनयता बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने कुराबाट शेयर ब्रोकरहरु अतालिईरहेको भन्दै नअतालिन आग्रह गरे । उनले भने ‘बैंकहरुलाई ब्रोकर लाईसेन्स दिँदा बजारको आकार झन बिस्तार हुँने र धितोपत्र व्यवसाय थप बिस्तारित बन्ने हुँदा यसबाट नअतालिन म ब्रोकर साथीहरुलाई आग्रह गर्छु ।’

उनले बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनेसँगै शेयर बजारमा बिदेशी पुँजी भित्राउने र एनआरएनहरुलाई पनि भित्राउने व्यवस्थाको तयारी भईरहेको बताए । उनले दलाल व्यवसायलाई थप स्तरीय र प्रतिष्प्रर्धी बनाउन आँफु लागिपरेको बताए ।
उनले पौष मसान्त सम्ममा शेयर बजारलाई पुरै डिम्याट प्रविधिमा लाने र माघ १ गते देखि पुरै डिम्याट प्रविधिबाट कारोबार थालिने बताए । उनले छिटो भन्दा छिटो नेपालमा ७५ वटै जिल्लाबाट डिम्याट प्रबिधीबाट कारोबार गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले बैंकहरुलाई ब्रोकरको कार्य दिँदा बजारको आकारमा व्यापक बृद्धि हुने बताए । उनले बजारको बिकासको लागी एनआरएन र प्रत्यक्ष बैदेशिक लगानी भित्राउनु पर्ने पनि बताए । उनले एक अर्को प्रसंगमा अहिले म्यूचुअल फण्डहरुले बैंकिङ्ग र बीमामा मात्र लगानी गरिरहेकोले कुनै कारण बैंकिङ्ग र बीमामा समस्या पर्दा म्युचुअल फण्ड डुब्न सक्ने भन्दै अन्य क्षेत्रतर्फको लगानीका लागी पनि आग्रह गरे ।

प्रकाशित : २० पुष २०७२, सोमबार १२:५५