पूर्व अर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ घोषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पूर्व अर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ घोषित



Ramsharan-Mahatकाठमाडौं। पूर्व अर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ घोषित भएका छन् । बेलायतको प्रख्यात म्यागेजिन ‘दी ब्यांकर म्यागेजिन’ले आफ्नो सन् २०१६ को अंकमा अर्थमन्त्री महतलाई सन् २०१५ को विश्वकै उत्कृष्ट अर्थमन्त्री चयन गरेको हो ।

पत्रिकाको ९० औं वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी डा. महतलाई एसिया प्रशान्त क्षेत्र तथा समग्र विश्व क्याटेगोरीमा उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको हो । महत एसिया प्रशान्त क्षेत्र र विश्व क्याटेगोरीमा उत्कृष्ट अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो व्यक्ति हुन् ।

वैशाख १२ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात अर्थमन्त्रीका रुपमा गरेको कामको मूल्यांकन गर्दै महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्री चुनेको ‘दी ब्यांकर म्यागेजिन’ सन् २०१६ को पहिलो अंकमा उल्लेख गरिएको छ ।

डा. महतलाई केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार हस्तान्तरण गर्ने म्याग्जिनले जनाएको छ ।

प्रकाशित : २० पुष २०७२, सोमबार १२:५६