चाड पर्वलाई लक्षित गर्दै असोज ११ देखि स्टक क्लियरेन्स मेला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चाड पर्वलाई लक्षित गर्दै असोज ११ देखि स्टक क्लियरेन्स मेला



काठमाडाैँ ।दशैंको अवसर पारेर असोज दोस्रो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजनाहुने भएको छ । मेलाको आयोजक इभेण्ट सोलुसन प्रालिले असोज ११ गतेदेखि नेपाल चेम्र अफकमर्शको प्रवद्र्धनमा मेला आयोजना हुन लागेको जनाएको छ ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै  ‘दशैंको बेला सस्तो  मेला’ नारा दिइएको छ । ५ दिन सम्म चल्ने एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको  कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेजका स्टलहरु रहने छन् ।एकसयभन्दा धेरै स्टलहरु रहने यो मेलामा बजारको तुलनामा सस्तोमा सामानखरिद गर्न सकिने ’प्रधानले भने ।

दशैंका लागिआवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथएक्सपोको आयोजना गर्न लागिएको हो । मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ ।‘दशैंको सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्थानहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ प्रधानले भने ।

५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यकवस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ ।

प्रकाशित : १८ भाद्र २०७५, सोमबार १२:०९