मंगलबार नेप्से ३ दशमलव ९८ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मंगलबार नेप्से ३ दशमलव ९८ अंकले उकालो लागेर बन्द



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ३ दशमलव ९८ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको जलविधुत ,उतपादानमुलक, लघुवित्त र लाइफ इन्स्योरेन्स बाहेक अरु सबै समुहले कमाएको छ। आज कारोबारमा आएको १७२ कम्पनीको १७ लाख ५५ हजार ५ सय ८७ कित्त सेयर बाट ५२ करोड १९ लाख २२ हजार ५ सय ७२ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कमाएको छ । आज होटल समुह १६ दशमलव ०९ अंकले उकलो लागेको छ। आज विकास बैँक समुह ६ दशमलव ३६ अंकले, बैँक समुह ६ दशमलव ०४ अंकले, न्नलाइफ इन्स्योरेन्स समुह २ दशमलव ३ अंकले, अन्य समुह ० दशमलव ९५ अंकले र फाइनान्स समुह ० दशमलव १९ अंकले उकालो लागेको छ।
आज जलविधुत समुह ९ दशमलव ८ अंकले, उतपादनमुलक समुह ० दशमलव ७८ अंकले, लाइफ इन्स्योरेन्स समुह ० दशमलव ५४ अंकले र लघुवित्त समुह ० दशमलव २३ अंकले ओरालो लागेको छ।

प्रकाशित : १९ भाद्र २०७५, मंगलवार १५:२२