माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर भर्न म्याद बिहिबार सम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर भर्न म्याद बिहिबार सम्म



काठमाडाै । माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर भर्न थप गरिएको समय अब २ दिन मात्र बाँकी रहेको छ । दोलखा जिल्लाका बासिन्दाले यसमा बिहीबार (भदौ २१ गतेसम्म) आवेदन दिन पाउनेछन् । यसअघि तामाकोशीको सेयर भर्ने अन्तिम समय भदौ १४ गतेसम्म तोकिएको थियो । तर स्थानीय बासिन्दाको अनुरोधपछि फेरि एक साता अवधि थप गरी भदौ २१ गतेसम्म पुर्याइएको हो । तामाकोशीको सेयर भर्ने क्रम जारी रहेपछि स्थानीय बासिन्दाको विशेष अनुरोधमा धितोपत्र बोर्डले समय थप गरेको हो । अझै कतिपय स्थानीयले सेयर भर्न पाएका छैनन् । नागरिकता बनाउने क्रम पनि जारी छ । विशेषगरी युवाहरुले नागरिकता बनाएर सेयर भरिरहेका छन् । यसकारण पनि समय थप्न दबाब परेको हो । यसअघि काठमाडौंबाट पनि आइपीओ भर्ने सुविधा दिइएको थियो । तर राजधानीबाट भर्ने म्याद भने भदौ १ गते नै सकिएको हो ।

प्रकाशित : २० भाद्र २०७५, बुधबार ११:५४