आइएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नपाबीच सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आइएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नपाबीच सम्झाैता



काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र धादिङ नीलकण्ठ नगरपालिका बीच नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशुपन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाई तथा दिदीबहिनीहरुले आफनो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्न सकिनेछ । भने नगरपालिकाले आफना नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीहरको दुघटना बीमा गराई नेपालमा एक नमूना नगरपालिकाको रुपमा चुनाउने उक्त नगरपालिकाले जनाएको छ ।

सोही अवसरमा नगरपालिकाका मेयर भिम प्रसाद ढूंगानाले आफूले आफना नगरवासी कृषक दाजुभाई तथा दिदीबहिनीहरुको पशुपन्छी, बालीनालीको बीमा पश्चात क्षती वा मृत्यु भएमा तुरुन्त प्राप्त गर्न सकिन्छ । सम्पत्तीको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गदै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरावासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफना नगरवासीहरुको सम्पत्तीको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भुमिका निर्वाह गरी सराहनीय कार्य गरेकोमा नगर प्रमुख (मेयर) भिम प्रसाद ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिंदै कम्पनीले नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गद गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : २१ भाद्र २०७५, बिहीबार ०८:४१