सानिमा बैंकको ई–खाता सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकको ई–खाता सञ्चालनमा



काठमाडौं । सानिमा बैंकले अनलाइनबाटै बैंक खाता खोल्न सकिने व्यवस्था शुरु गरेको छ । बैंकले सेवाग्राहीको सहजताका लागि सानिमा ई–खाता नाम दिइएको सेवा बाट देश बाहिर तथा भित्रका सेवाग्राहीले सहज रुपमा बैंकिंग सेवा पाउने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरुलाई उच्च स्तरको सेवा प्रदान गर्ने लक्ष्यका साथ सानिमा ई–खाता सञ्चालनमा ल्याएको बैंकले कागजी प्रकृयामा नजानु पर्ने उल्लेख गरेको छ । बैंकद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘बैंङ्कले देशभित्र तथा बाहिर रहेका नेपाली नागरिकहरुलाई अनलाईन खाता खोल्ने सुबिधा उपलब्ध गराएको छ । ग्राहकहरुले यस सेवा बाट फर्म डाउनलोड गर्ने र भर्ने झन्झट बिना एकै पटकमा सानिमा बैंकको वेबसाइटमा गई बचत खाता खोल्न सक्छन् । सम्पूर्ण बिवरण बुझाएको अर्को कार्य दिनमा ग्राहकले खाता नम्बर पाउनेछन् ।’

‘साथै, थप सहयोग आवश्यक परेमा ग्राहकले “ऋयललभअत” बिकल्पमा गएर आफ्नो सम्पर्क बिवरण प्रदान गर्न सक्छन् । तत्पश्चात बैंकको कर्मचारीले ग्र्राहकले सुचित गरेको समयमा सम्पर्क गरि उक्त खाता खोल्नको लागी सहयोग प्रदान गर्ने छन्’ विज्ञप्तीमा उल्लेख छ ।

यसका लागि बैंकले आफ्नो वेवसाइट सानिमा बैंक डट कम मा जान आग्रह गरेको छ ।

प्रकाशित : २१ पुष २०७२, मंगलवार ११:५४