वोमी माइक्रोफाइनान्सले २५ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वोमी माइक्रोफाइनान्सले २५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको सो मात्रा (अर्थात दुई करोड ५२ लाख ७२ हजार रुपैयाँ) को लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड १० लाख रुपैयाँ रहेको छ । संस्थाको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिईसकेको छ । अब कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको नगद लाभांश पाउने छन् ।

प्रकाशित : २४ भाद्र २०७५, आईतवार १३:५१