विराटनगर महानगरपालिकाको राजस्व शाखामा कार्यरत कर्मचारी घुस लिँदालिँदै पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

विराटनगर महानगरपालिकाको राजस्व शाखामा कार्यरत कर्मचारी घुस लिँदालिँदै पक्राउ



 

विराटनगर । विराटनगर महानगरपालिकाको राजस्व शाखामा कार्यरत कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् ।

राजस्व शाखामा कार्यरत खरिदार तिलकमणी पोखरेल सेवाग्राही मीना शाक्य सँग घुस लिँदा पक्राउ परेका हुन् । ८५ हजार रुपैयाँ लिएर ७३ हजार ५ सय ५५ रुपैयाँको बिल दिएको सेवाग्राही शाक्यले बताइन् ।

घर सम्पन्न भएको प्रमाणपत्र लिन आउँदा सुरूमा एक लाख भन्दा बढी कर लाग्छ भनेको र पछि ८५ हजारमा मिलाइ दिने भन्दै बिल भन्दा बढी रकम लिएको उनको गुनासो छ।

प्रकाशित : २४ भाद्र २०७५, आईतवार १६:५९