’बागमती’ले तान्ला त दर्शक ? के भन्छन् , ’हमाल र श्रेष्ठ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

’बागमती’ले तान्ला त दर्शक ? के भन्छन् , ’हमाल र श्रेष्ठ’



काठमाडौ । नेपाली चलचित्र उद्योगमा आफ्नो बेग्लै पकड बनाएका अभिनेता राजेश हमाल र शिव श्रेष्ठ पछिल्लो समय ’बागमती’ फिल्मलाई लिएर निकै उत्साहित देखिएका छन । उत्साह पनि नहोस कसरी हमाल र श्रेष्ठले  बर्षौपछि सँगै काम गरेको फिल्म हो, ’बागमती’ । आउदो शुक्रबारबाट रिलिजको क्रममा रहेको साउथ ईण्डियन निर्देशकको यो फिल्मप्रति दर्शकदिर्घामा त उत्सुकता र कौतुहलता छ नै बागमती फिल्मसँग जोडिएका कलाकारहरुको समेत मन ’ढुकढुक’ रहेको मंगलबार राजधानीमा सँगै भेटिएका हमाल र शिवको एउटै स्वर छ ।

index

यस्तै हमाल र शिवले निर्माण युनिटसँगै बसेर मंगलबार बिहान एक हलमा फिल्म पनि हेरेका छन् । फिल्म हेरे पछि  भने दुबै जना निकै उत्साहित देखिएका थिए । पहिला पहिला त साउथ ईण्डियन प्रविधी जोडिएको फिल्म कस्तो बनेको होला भन्ने बारेको कौतुहलता मेटिएको छ, उत्कृष्ट प्रविधीको उत्कृष्ट फिल्म बनेको छ’ हमालले भने । राष्ट्रिय विषय बनेको ’बागमती’ नदी सरसफाईसँग समेत जोडिएको यो फिल्म ऐतिहासिक बनेको उनको भनाई छ ।

अन्य फिल्मको प्रचारमा हमालले साथ नदिने गरेको आरोप लागिरहँदा यो फिल्मको लागी भने उनी मरिमेटेर लागेका छन् । मंगलबार पनि अर्को एक फिल्मको सुिटङ रोकेर नै जमघटमा उनी सरिक भएका थिए । हमालले मोफसलमा समेत पुग्दा ’बागमती’ प्रति रिलिज अगाबै बनेको क्रेजले उत्साहित बनाएको भन्दै हलमा पनि त्यो साथ मिल्ने आशा व्यक्त गरे ।

त्यस्तै ’एक्शन किङ’को रुपमा परिचित अर्का अभिनेता शिवले महानायकको उपमा पाईसकेका हमालसँग काम गर्न पाउनु नै गर्वको कुरा भन्दै ’सस्पेन्स’, ’थ्रिलर’, ’ईमोशनल’ प्रकृतिको ’बागमती’ एकपटक हेरेर आफ्नो कमब्याकलाई मुल्यांकन गरिदिन आग्रह गरे । ’सन्नि केराला जस्तो निर्देशक नेपालमा १० बर्ष प्रवेश गरेको भए, नेपाली फिल्म उद्योगमा नै कायापलट हुन्थ्यो, २ दशक लामो करियरमा पहिलो पटक खास निर्देशकसँग काम गरेको अनुभुती भयो’ श्रेष्ठले ठोकुवासाथ बोले ।

पोष्ट प्रोडक्शनको सम्पुर्ण काम भारतमा नै गरिएको फिल्मको मेरुदण्डको रुपमा, निर्देशक, सिनेमाटोग्राफी, साउण्ड तथा राजेश हमाललाई लिईएको छ । एक सशक्त मनोरञ्जनात्मक फिल्म निर्माणको लागी कुनै कञ्जुस्याईँ बाँकी नगरेको भन्दै प्रस्तुतकर्ता बिजय सत्यालले अबको जिम्मा दर्शकको हातमा रहेको बताए ।

rrrr

फिल्म प्रस्तुतीमा बिजयले दिनेश दर्शनधारीसँग सहकार्य गरेका छन् भणे अनिष नापित फिल्मका कार्यकारी निर्माता हुन् । यशोधा राई, सुवर्ण महर्जन लगायतको समेत लगानी रहेको फिल्ममा हमाल र शिवसैगै ध्रुब कोईराला, रविकर घिमिरे, कञ्चन ठकुरी, श्रेया कार्की, केकी अधिकारी लगायत अभिनयमा छन् ।

प्रकाशित : २१ पुष २०७२, मंगलवार १२:३३