बिग सेल मेलामा उपभोक्ताको भिड,२८ हजारले गरे अवलोकन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिग सेल मेलामा उपभोक्ताको भिड,२८ हजारले गरे अवलोकन



काठमाडौ । राजधानिको भृकुटीमण्डपमा भईरहेको पाचौं बिगसेल मेला एवं फुटवयेर एक्सपोको पाचौ दिनसम्म करीब २८ हजारले उपभोक्ताले अवलोकन गरेका छन् । मेलामा आम उपभोक्ताको पहुँच पुग्न सक्ने मुल्य भएको हुँदा पनि उपभोक्ताहरुको भिड बढेको बुझ्न सकिन्छ । यस बर्षको शुरुवातमा आएको महाभुकम्प र त्यसपछीको नाकाबन्दीका असरले बजारीकरण तथा विक्रि वितरणमा प्रत्यक्ष असर आएकोले पनि यस मेलामा आम उपभोक्तालाई लक्षित गरि उत्पादकको परल मुल्यमानै जुत्ता चप्पल विक्रि वितरण गरिएको फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएसनका अध्यक्ष तथा कोशेली छाला जुत्ता उद्योगका प्रवन्ध निर्देशक रविन कुमार श्रेष्ठले बताउनुभयो ।

 

sssपाचौं बिगसेल मेला एवं फुटवयेर एक्स्पोमा नाकाबन्दी र देशको बिग्रदो अवस्थाका वावजुद पनी उपभोक्ताको नेपाली जुत्ता तथा चप्पल प्रतिको आकर्षण देखेर केहि हदसम्म उत्साही बनाएको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले भन्नुभयो । नेपाली जुत्ता घर प्रा.लि.को आयोजनामा चौथो बिग सेल मेला पौष १७ गतेदेखि भइरहेको छ । बिग सेल मेलामा बी.एफ.डियर हिल, शिखर सुज, क्रस रोड, स्काई सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गस्, सु ल्याण्ड, इजी शुज र फुटल्याण्ड ब्राण्डको सहभागीता रहेको छ । बिग सेल मेलामा जाडो यामलाई लक्षित गरि ल्याइएका कम्पनीका जुत्ताहरुमा भारी छुट उपलब्ध गराइएको सहभागी कम्पनीहरुले जनाएका छन् । मेलामा रु. एक सय  देखि दश हजार सम्मको जुत्ता तथा चप्पलहरु उपोभोक्ताले खरिद गर्न सक्ने छन् ।

प्रकाशित : २१ पुष २०७२, मंगलवार १३:४६