यसकारण रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्री मान्न सकिन्न ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यसकारण रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्री मान्न सकिन्न !



लेखक-राम ढुंगाना ‘ अल्पमत

सामान्यत : देशको अर्थमन्त्रीको मुख्य काम भनेको देशलाइ विकास र आर्थिक रुपमा सम्पन्न बनाउनु हो । देश विकासको मुख्य साँचो नै अर्थमन्त्रीको हातमा हुन्छ ।

२०४६ सालपछि पटक- पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका रामशरण महतलाइ बेलायती पत्रिका द बैंकरले बिश्व र एसिया प्रशान्त दुबैको उत्कृस्ट अर्थमन्त्री घोषणा गरेपछि नेपालको अर्थतन्त्र र विकास माथि उठ्न नसक्नुमा मुख्य दोषी महतलाइ नै देख्ने अधिकांश नेपालीहरु आश्चार्यमा परेका छन् ।

बिदेशमा पढेका रामशरण महतलाइ भन्दा बाटोमा भिख मागेर आफ्नो दैनिक गुजारा चलाउने अनपढ भिखारीलाइ अर्थमन्त्री बनाएको भए रामशरण महतको भन्दा धेरै पैसा बिदेशीदाताहरु संग मागेर राम्रो संग देश चलाउँथ्यो ।

असफल अर्थमन्त्रीको रुपमा पहिलो नम्बरमा नाम आउने ब्यक्ति हुन् रामशरण महत ।

धेरै पटक देशको अर्थमन्त्री भएका महतले सफल अर्थमन्त्री हुनलाइ निम्न कामहरु गरेका खै ?

१) कति हजार युवाले स्वदेशमै योग्यता अनुसारको रोजगारी पाए ? युवाहरुलाइ देशबाट पलाएन हुनबाट रोक्ने योजना खै ?

२) कृषि प्रधान देश नेपाल हामिले कृषिजन्य बस्तुहरु बिदेशमा निर्यात गर्नुपर्ने हो । बिडम्बना हामी लगभग सबै खाध्यान्न , तरकारी , फलफुल , माछामासु , बिदेशबाट आयात गरिराखेका छौँ ।

३)एउटा सफल अर्थमन्त्रीको रुपमा तल्लो तहका गरिब जनताहरु प्रत्क्ष्य लाभान्बित हुने आकर्षक योजना र कार्यक्रम खै ?

४) खै लगानीको क्षेत्र बढेको ? बिदेशीहरु नेपालका ठुला- ठुला योजनाहरुमा आकर्षित भएका ?

५) राष्ट्रिय हितका ठुलाठुला योजनाहरु खै ?

६) नेपालको बिकाशका मेरुदण्ड भनेको , कृषि , पर्यटन, जलस्रोत हुन् ! यी तिन चिजले देश र जनताहरुको जीवन स्तरमा कायापलट हुन सक्छ, खै यी तिनै कुरालाई उच्च प्राथामिकता र महत्व दिएर रामशणले कार्य योजना बनाएका ?

६) अर्थमन्त्रालय अन्तर्गत पर्ने राजश्व , भन्सार , जस्ता सरकारी अड्डाहरुमा अकुत भ्रस्टचार गर्छन् त्यहाँका कर्मचारीहरु । रामशरण महतले अर्थमन्त्रीको रुपमा भ्रस्टचारीलाइ कारबाही गरेर आफु मातहातका कर्मचारीहरुलाइ जनताप्रति उत्तरदायी सम्बन्धित निकायहरुलाइ स्वच्छ , पारदर्शी र भ्रस्टचारमुक्त बनाउँन कहिले के कदम चाले ?

७) भएका उधोग धन्दा उनकै पालामा चौपट भयो । नयाँ उधोग , कलकारखानाहरु खुल्ने वातावरण बनाउँनै सकेनन् या चाहेनन् ।

८) यिनको सबैभन्दा ठुलो योगदान भनेको यिनकै पालामा नेपाल दक्षिण एसियाको सबैभन्दा गरिब देशको सुचिमा पर्यो ।

९) रामशरण महतलाइ अधिकांश नेपाली जनताहरु भ्रस्टचारी भन्छन् या उनी भ्रस्टचारी नै हुन् भनेर विश्वास गर्छन् । र उनलाइ देशका अधिकांश जनताहरु रुचाँउदैनन् । यस्ता ब्यक्ति कसरी सफल अर्थमन्त्री भए ?

माथि उल्खित कारणहरुलाइ नजरअन्दाज गरेर वास्तविकता नबुझि गहिराइ नाप्न छोडेर किनारामा बसेर हावाको तालमा महतलाइ सफल अर्थमन्त्रीको तक्मा दिने बिदेशीलाइ पनि धिक्कार छ ! तिमीहरुले नेपाल र नेपालीको कहिल्यै भलो नचाँहने रछौ !

हाल-: इजरायल

प्रकाशित : २१ पुष २०७२, मंगलवार १७:१७