नेपाल बैंकले पुनर्बीमा कम्पनीलाई बेच्यो चार रोपनी जग्गा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बैंकले पुनर्बीमा कम्पनीलाई बेच्यो चार रोपनी जग्गा



काठमाडौं  । नेपाल बैंक लिमिटेडले आफ्नो मिनभवनमा रहेको चार रोपनी जग्गा नेपाल पुनर्बीमा कम्पनीलाई बेचेको छ । बैंकको मीनभवनमा रहेको चार रोपनी जग्गा पुनर्बीमा कम्पनीले ३६ करोड रुपैयाँमा किनेको बताएको छ ।

नेपालको एकमात्रै पुनर्बीमा कम्पनीले उक्त जग्गामा आफ्नै नीजि भवन बनाउने तयारी गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । उनले भने, “हामीले नेपाल बैंकसँग दुई हप्ताअघिनै जग्गा किनेका छौं, अब छिट्टै भवन निमार्ण गर्दैछौं ।”

नेपाल पुनर्बीमा कम्पनी देश भित्रको एक मात्र पुनर्बीमा कम्पनी हो । यो कम्पनी अहिले काठमाडौंको बत्तीसपुतलीमा भाडामा बसेर आफ्नो कामकाज सम्पादन गर्दै आएको छ ।

प्रकाशित : २२ पुष २०७२, बुधबार ०७:४९