९० लाख ६९ हजारको एफपीओ ल्याउँदै नेपाल इन्भेष्टमेण्ट बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

९० लाख ६९ हजारको एफपीओ ल्याउँदै नेपाल इन्भेष्टमेण्ट बैंक



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता  एफपीओ  निष्कासन गर्ने भएको छ । ६ सय १ रुपैंया अंकित प्रिमियम सहित निष्कासन गर्न लागिएको उक्त शेयर कित्तालाई इक्रा नेपालले गे्रड ३ प्लसको रेटिङ दिएको छ ।

प्रतिकित्ता १०० रुपैंया अंकित र प्रिमियम मूल्य ५०१ रुपैयाँ सहित ६०१ मा निष्काशन गर्न लागिएको उक्त शेयरमध्ये सर्वसाधारणको लागि ८६ लाख १५ हजार ९ सय १९ कित्ता छुट्याएको छ । त्यस्तै कर्मचारीको लागि केही प्रिमियम कम गरेर ४ लाख ५३ हजार ४६९ प्रति कित्ता शेयर ३६० रुपैंया (२६० रुपैंया प्रिमियम मूल्य सहित) मा बिक्री गर्ने भएको हो ।

चुक्तापुँजी ६ अर्ब ३४ करोड रुपैया भएको नेपाल इन्भेष्टमेण्ट बैंकले आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमासमा खुद मुनाफा गतवर्षको तुलनाभन्दा १३ दशमलव ७४ प्रतिशतले घटेर ४२ करोड ३८ लाख रुपैयाँ कमाएको छ । बैंकले गतवर्षको सोहि अवधिमा ४९ करोड १३ लाख रुपैयाँ कमाएको थियो ।

निक्षेपमा २७ दशमलव ९७ प्रतिशत ,कर्जा तर्फ  २३ दशमलव ८९ प्रतिशतले वृद्धि गर्न सफल भएको थियो । बैंकको खुदव्याज आम्दानीमा भने  ७ दशमलव ९४ प्रतिशतले घटेर ६४ करोड ८५ लाख रुपैयाँपुगेको छ ।

अन्य अनुपातहरुमा प्रतिशेयर आम्दानी(वार्षिक) २६ दशमलव ७२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात(वार्षिक) ३८ दशमलव ६७ गुणा , प्रतिशेयर नेटवर्थ १ सय ६१ दशमलव २२ रुपैयाँ रहेको छ भने निष्कृय कर्जातर्फ शुन्यदशमलव ४८ प्रतिशत घटेर १ दशमलव ०७ प्रतिशत, जोखिमयुक्त सम्पति भने शुन्यदशमलव ६९ प्रतिशत घटेर ११ दशमलव ३१ प्रतिशत रहेको छ ।

प्रकाशित : २२ पुष २०७२, बुधबार १६:११