प्रदेश नं २ मा गोर्खा इको प्यानल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रदेश नं २ मा गोर्खा इको प्यानल



काठमाडौं । पूर्वाधार निर्माण क्षेत्रमा आधुनिक प्रबिधि भित्त्राउन सफल रहेको गोर्खा इको प्यानल पहाडी जिल्लाहरुमा सफलतापश्चात अबको गन्तव्य तराईको विभिन्न भुभागलाई बनाउन लागेको छ । यस अनुसार प्यानलले एकदिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम प्रदेश नम्बर २ को राजधानी जनकपुरमा सप्पन्न गरयो । कार्यक्रम जनकपुरस्थित मानव विकास केन्द्रमा प्रदेश नम्बर २ का विभिन्न नगरपालीकाका प्रमुख, राजनितीक ब्यक्तित्व, नागरिक समाज अगुवालगायत विभिन्न मिडियाका प्रतिनिधिवीच सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नुम्बेर २ का भौतिक पुर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले गोर्खा इको प्यानल अहिलेको समयमा प्रदेशलाई उत्तम विकल्प रहेको जानकारी गराइन् । प्रदेश सरकारको काम समय र सिमित बजेटभित्र सिध्याउनुपर्ने भएकोले गोर्खा इको प्यानलको परियोग थप आवश्यक रहेको ठहर राज्य मन्त्री झाको थियो ।
कार्यक्रम गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले प्रदेशभित्र रहेको पूर्वाधार विकास गुणस्तर बढाउन र भबिस्यमा आउने वातावरणिय संकटबाट जोगिन गोर्खा इको प्यानलको विकल्प नरहेको बताए । अहिलेको समय र आवश्यकता अनुरुप अघि बढन प्रदेशका सम्बन्धीत निकायलाई उनले ध्यानाकर्षण गराएख।गोर्खा इको प्यानलको परियोग र महत्व बताउदै इको प्यानलका निर्देशक उत्सव केसीले आधुनिक पूर्वाधार निर्माण क्षेत्रमा संस्थाल राष्ट्र भित्र उल्लेखनीय योगदान गरेको जिकिर गरे ।

प्रकाशित : ३१ भाद्र २०७५, आईतवार १३:१४