मेगा बैंकको अध्यक्षमा शाह नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंकको अध्यक्षमा शाह नियुक्त



काठमाडौ । मेगा बैंक लिमिटेडको अध्यक्षमा भोज बहादुर शाह नियुक्त भएका छन् । बैंक संचालक समितिको १४३ औ बोर्ड बैठकले शाहलाई अध्यक्षमा नियुत्त गरेको हो ।

बैंकका तत्कालीन अध्यक्ष प्रा.डा मदन कुमार दाहालले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरेर शाहलाई अध्यक्ष चयन गरेको हो । शाह प्याबसनका पूर्व अध्यक्ष हुन् ।

साथै बैठकले बैंक संचालक समितिका सदस्य डा. डुमन थापाको राजीनामा पनि  स्वीकृत गरेको बैंकले जनाएको छ ।

बैंकले आगामी आइतबार अर्थात पौष २६ गतेका लागि साधारणसभा बोलाएको छ । मेगा बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई दश प्रतिशत बोनश शेयर वितरण्को प्रस्ताव साधारणसभामा लग्दैछ । त्यसपछि बैंकले मर्जर र हकप्रद शेयरको प्रस्ताव समेत पारित गर्नेछ ।

प्रकाशित : २२ पुष २०७२, बुधबार १६:२२