एनआरएनए नाइजेरिया द्वारा रक्तदान कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआरएनए नाइजेरिया द्वारा रक्तदान कार्यक्रम सम्पन्न



नाइजेरिया । गैरआवासीय नेपाली संघनाइजेरिया द्वारा आज नाइजेरियाको लेगोसमा रोटरी क्लब लेगोस र महारास्ट्र मण्डल नाइजेरियासङ्गको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा अध्यक्ष जनक बिष्ट, उपाध्यक्ष बिरेन्द्र गुप्तामहासचिव रोशन थापाकोषाध्यक्ष रोहित भाङ्गरसचिब अभिषेक सिंहप्रकाश अर्यालआस्मा खडका, भरत रिजालसुकमल सरकार, चन्द्र घिमिरेशंकर बर्मासागर सिंहसन्दीप रावतभिम थापा लगाएत ८३ जनाले रक्तदान गरेका थिए ।

नाइजेरियामा संघले आयोजना गरेको यो प्रथम रक्दान कार्यक्रम हो । यस अघि मलाबी, युगान्डा लगायत अन्य अफ्रिकी मुलुकमा रक्तदान कार्यक्रम आयोजना गरि सकेको जानकारी संघका अन्तरास्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाले जानकारी गराए ।

प्रकाशित : १ आश्विन २०७५, सोमबार १२:४८