शुभम पावरले अाईपिअो जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शुभम पावरले अाईपिअो जारी गर्ने



 काठमाडौं । शुभम पावर लिमिटेडले जेठ २० गते स्थानीय बासिन्दका लागि १० प्रतिशत जारी गरेको शेयर पुरा बिक्री नभएपछि सर्वसाधारणलाई निष्काशन गरेको शेयरमा उक्त शेयर थप गरी निष्काशन गर्ने भएको छ । शुभम पावर लिमिटडले दोस्रो चरणमा सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंिकत दरमा ५ लाख ८० हजार ५८० कित्ता आईपीओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सीबीआईएल क्यापिट लिमिटेड रहेको छ ।

प्रकाशित : ३ आश्विन २०७५, बुधबार १२:३३