युनिभिर नेपालको सेयर कारोबार खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनिभिर नेपालको सेयर कारोबार खुला



काठमाडाैँ । युनिभिर नेपालको सेयर कारोबार खुला भएको छ । नेप्सेले  कम्पनीलाई सोधेको २४ घण्टे स्पष्टिकरण सन्तोषजनक नभएपनि नेप्सेले कम्पनीको सेयर कारोबार  खुला गरेको हाे  ।

नेप्सेले धितोपत्र बजार मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल उपलब्ध गराउने निर्णयको पूर्ण पालना गर्न र प्रभावकारी रुपमा सूचना पाउने अधिकार चुस्त दुरुस्त कायम राख्न लागि अझ  बढी प्रभावकारी व्यवस्था गर्न  हुने
धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ४८ को उपदफा १ अनुसार सो निर्देशन जारी गरेको जनाएको छ । साथै  अब उप्रान्त  प्रचलित  कानूनमा तोकिएको  बमोजिम गर्न र यस्ताे  गल्ति नदोहोर्याउन समेत सचेत गराइएको  छ ।

युनिलिभरले लाभांश घोषणा गरेर  लामो समयसम्म नेप्सेलाइ जानकारी नगराएको भन्दै नेप्सेले युनिलिभरलार्इ  आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

 

प्रकाशित : ४ आश्विन २०७५, बिहीबार १२:४०