तातोपानी भन्सारमा रोकिएका कन्टेनर काठमाडौं ल्याइयो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तातोपानी भन्सारमा रोकिएका कन्टेनर काठमाडौं ल्याइयो



सिन्धुपाल्चोक। वैशाख १२ मा गएको विनाशकारी भूकम्पछि नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार हातामा रोकिएको कन्टेनर सुरक्षासहित शील लगाएर काठमाडौं ल्याइएको छ ।

तातोपानी भन्सारले भन्सार परिसरमा रहेका चिनियाँ सामग्री बोकेको कन्टेनरमा शील लगाएर भन्सार गर्नका लागि एअरपोर्टमा ल्याएको हो । नेपालको क्षेत्रमा रहेको ७९ कन्टनेरमा शील गरेर बुधबार काठमाडौ ल्याइएको हो ।

अर्बैंको चिनियाँ सामग्री तातोपानी भन्सारमा अलपत्र परेपछि त्यसलाई सहजताका साथ बजारसम्म ल्याउन व्यापारीहरुले माग गरेका थिए । भन्सारमा सामान अलपत्र परेपछि सामन चोरीसमेत हुन थालेको थियो ।

चीनबाट रेडिमेड, विद्युतीय सामग्री बोकेका अझै ३ सय बढी कन्टेनर नेपाली र चिनियाँ भुमीमा रहेका छन् । भूकम्पपछि आएको पहिरोले ६० भन्दा बढी कन्टेनरमा क्षति पुगेको थियो ।

प्रकाशित : ७ जेष्ठ २०७२, बिहीबार ०४:२०