३ दशमलव ७४ अंकले ओरालो लागेर बन्द भयाे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३ दशमलव ७४ अंकले ओरालो लागेर बन्द भयाे नेप्से



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ३ दशमलव ७४ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६७ कम्पनीको २० लाख १५ हजार ८ सय २९ कित्त सेयर बाट ५५ करोड ५० लाख ६१ हजार ५ सय २ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाईफ इन्स्योरेन्स समुह १ सय ७ दशमलव ४८ अंकले ओरालो लागेको छ। आज लाइफ इन्स्योरेन्स समुह ७९ दशमलव ८१ अंकले, जलविधुत समुह ७ दशमलव ७९ अंकले, उतपादनमुलक समुह ५ दशमलव ५१ अंकले, लघुवित्त समुह ५ दशमलव ०६ अंकले, बैँक समुह १ दशमलव ६५ अंकले,र फाइनान्स समुह ० दशमलव ४८ अंकले  ओरालो लागेको छ।
आज सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह २० दशमलव ५७ अंकले उकालो लागेको छ। आज विकास बैँक समुह ४ दशमलव ६९ अंकले र अन्य समुह १ दशमलव ८३ अंकले उकालो लागेको छ।

प्रकाशित : ४ आश्विन २०७५, बिहीबार १५:१७